२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलालीको अत्तरियामा वेवारिसे शव फेला

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा वेवारिसे शव फेला गरेको छ । नगरपालिकाको वडा नम्बर २ स्थित पूर्व रोडमा रहेको प्रतिक्षालयमा शव भेटिएको प्रहरीले जनाएको छ ।

शनिबार साँझतिर अन्दाजी ६० वर्षीया बृद्धको शव फेला परेपनी पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

पहाडी मूलको जस्तो देखिने ती बृद्धले माथिल्लो शरीरमा सेतो धर्के सर्ट र तल्लो शरीरमा नीलो पाइन्ट लगाएको प्रहरी नायब उपरीक्षक विष्टको भनाइ रहेको छ ।

उनलाई चिन्ने जो कोहीलेपनि परिवार वा नजिकको प्रहरीमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ भने
बृद्धको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।