२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

विवाहमा खाना खाएर विरामी भएकालाई नगरपालिकाको निशुल्क उपचार शिविर

कञ्चनपुर – बेदकोट नगरपालिका–२ स्थित बसन्थलामा विवाहमा खाना खाएर विरामी भएका सय भन्दा बढी जनाको नगरपालिकाको पहलमा उपचार भैरहेको नगरपालिकाले जनाएको छ ।

बिहिवार स्थानीय रमेश थापाको बिहेमा भोज खाएपछि बिरामी परेका ५० जनाको महाकाली अस्पतालमा उपचार भएको छ भने बाकी विरामीको बसन्थला गाउँमै स्वास्थ्य शिविर लगाएर चेकजाँच तथा औषधी उपचार गरेकोे छ ।

बिहिबार बिवाह भोजमा खाना खाएकाहरु शुक्रबार साझ एकाएक बिरामी भएपछि सोही राती नै नगरपालिकाको पहलमा २९ जनालाई अस्पताल पु¥याएको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले बताए ।

बिहेमा भोज खाएका सयजना बढी बिरामी परेपछि ५२ जनाको अस्पतालमा उपचार भइरहेको र बाकी बिरामीको गाउँमै नगरपालिकाबाट औषधी उपचार व्यवस्था गरिएको बेदकोट नपा– २ का वडाध्यक्ष नरेश बहादुर सिहले वताए । उनीहरुमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएको वडाध्यक्ष सिहले वताए ।

बिवाह भोजकोे खानामा खराबीका कारण फूड प्वोइजन भएको जनाउँदै चिकित्सकले विरामीहरुकोे अवस्था खतरामुक्त रहेकोे बताए ।

याे पनि पढनुहाेस

विवाहको भोज खादा बिमारी हुनेको संख्या ३४ पुग्यो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।