कञ्चनपुर- कञ्चनपुरका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीले ६ लाख ९३ हजार मुल्य बराबरका मालसामान बरामद गरेको छ । बोर्डर आउट पोष्ट पचुई, जिमुवा र खल्लामछेट्टीबाट खटिएको संयुक्त टोलीले बेलौरीको दिपाघाट र भीमदत्तको मटैना बोर्डर ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा माछा, बिना नम्बर प्लेटको मोटरसाईकल, सुर्ती र बिडी बरामद गरेको हो ।



त्यस्तै, भीमदत्तको खल्लामछेट्टी टुडिखेलको पश्चिमतिर महाकाली नदिको किनारमा नेपालबाट भन्सार छली रातको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको मालसामान आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनुभयो ।
त्यस्तै, भारतबाट ल्याइएको प्रतिबन्धित माछा बोर्डर आउट पोष्ट पचुईको परिसर भित्र बेलौरी नगरपालिका वडा नम्बर ०८ का वडा अध्यक्ष, भद्रभलादमी र अन्य स्थानीयहरुको रोहबरमा नष्ट गरिएको बताइएको छ ।स्रोत:- नेपालबोधमा हरिश्चन्द्र बागले लेखेका छन् ।

























