२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कञ्‍चनपुरबाट सशस्त्र प्रहरीले ६ लाख ९३ हजार मुल्य बराबरका मालसामान बरामद

कञ्‍चनपुर- कञ्‍चनपुरका विभिन्न क्षेत्रबाट सशस्त्र प्रहरीले ६ लाख ९३ हजार मुल्य बराबरका मालसामान बरामद गरेको छ । बोर्डर आउट पोष्ट पचुई, जिमुवा र खल्लामछेट्टीबाट खटिएको संयुक्त टोलीले बेलौरीको दिपाघाट र भीमदत्तको मटैना बोर्डर ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल भित्र्याई रहेको अवस्थामा माछा, बिना नम्बर प्लेटको मोटरसाईकल, सुर्ती र बिडी बरामद गरेको हो ।

त्यस्तै, भीमदत्तको खल्लामछेट्टी टुडिखेलको पश्चिमतिर महाकाली नदिको किनारमा नेपालबाट भन्सार छली रातको समयमा भारततर्फ पैठारी गरिरहेको अवस्थामा चुरोट १२ कार्टुन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको मालसामान आवश्यक कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्‍चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनुभयो ।

त्यस्तै, भारतबाट ल्याइएको प्रतिबन्धित माछा बोर्डर आउट पोष्ट पचुईको परिसर भित्र बेलौरी नगरपालिका वडा नम्बर ०८ का वडा अध्यक्ष, भद्रभलादमी र अन्य स्थानीयहरुको रोहबरमा नष्ट गरिएको बताइएको छ ।स्रोत:-  नेपालबोधमा हरिश्चन्द्र बागले लेखेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।