२०८३ जेष्ठ १५ शुक्रबार
२०८३ जेष्ठ १५ शुक्रबार

दशैंमा एकै गाउँमा २ ग्यांग फाइट

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका १७ धुर्जन्नामा दशैंको अवधीमा अलग–अलग २ ग्यांग फाइटका घटना घटेका छन् ।

मदाक पदार्थ सेवन गरेका समूहहरुले दशैंको अवधीमा आपसमा कुटपिट गरेका गर्दा ४ जना बढी घाइते भएका छन् । कनरी प्रहरी चौकीका अनुसार विजयादशीका दिन ग्यांग फाइट हुँदा दशैं मनाउन धुर्जन्ना आएका जिल्लाको गौरीगंगा नपा ६ मोयका दिपक बोहरा घाइते भएका हुन् । स्थानीय १०÷१५ जना युवाबाट उनी कुटिएका हुुन् ।

धनगढी उपमहानगरपालिका १७ का वडा अध्यक्ष बमबहादुुर बोहराका अनुसार स्थानीय केही युवाहरुले चन्दा संकलन गरिरहेका थिए । केही स्थानीयले चन्दा दिन नमान्दा २ समूहबीच झडप हुँदा उनी मिलाउन जाँदा कुटिएको वडा सदस्य बोहराले जानकारी दिए ।

सोही वडामै अर्को सामूहिक कुटपिटको घटना भएको छ । कार्तिक ९ गते धुर्जन्नाकै राजेश चौधरीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा स्थानीय युुवा युवराज राना र सरोज चौधरीले कुटपिट गरी घाइते बनाएका थिए । राजेश चौधरी कुटिएको घटना कनरी प्रहरी चौकीमै मिलापत्र भएको जनाइएको छ ।

दिनेश खबरबाट साभार

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।