धनगढी, ७ कार्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप १११ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ६८० जनाको नमुना परिक्षणमा थप १११ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढीका २९ पुरुष र १६ महिला गरि जना ४५ जना, कैलालीको गोदावरीका १९पुरुष र १० महिला २९ जना, घोडाघोडी ३ जना, गौरीगंगाका २ जना,कैलालीको कैलारीका ६ जना, टिकापुरका र लम्कीचुहाका ३/३जना,कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको हो ।
डोटीको केआइसिंह र शिखरका एक/एक जना, बैतडीको दशरथचन्दका एक जनामा पनि संक्रमण पुष्टी भएको हो ।
कञ्चनपुरको बेदकोटका ५ जना, बेलडाडीका एक जना, शुक्लाफाँटा, भिमदत्त कृष्णपुरका ३/३जना र कञ्चनपुरको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।


















