धनगढी –कैलालीमा बिधार्थी संगठनहरुले ६ बुँदे माग राख्दै जिल्ला प्रसाशन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन । नेबिसंघ,अनेरास्वबियु ,अखिल क्रान्तिकारी लगाएत ६ बिधार्थी संगठनहरुले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।



उनिहरुले कोरोना जोखिम बढिरहेको बेला जिल्लामा बिना स्वास्थ्य सतर्कता शैक्षिक संस्थाहरु सन्चालनमा गर्न नहुने , सार्बजनिक सवारीका साधनहरुमा ५० प्रतिशत भाडा बढाउने सरकारी नियम खारेज हुनु पर्ने ,शैक्षिक संस्थाहरुले अनलाइन कक्षाको नाममा अशुल्दै आएको शुल्क नियन्त्रण गर्नु पर्ने ,कोभिडको कारण अलपत्र परेका गरिब बिधार्थीको कोठा भाडा लगाएत अन्य समस्या समाधानको लागी राहत प्याकेज ल्याउनु पर्ने लगाएतका मागहरु अघि सारेका छन ।
यि मागहरु सम्बोधन नभए आन्दोलन गर्ने बिधार्थी संगठनहरुले ज्ञापन मार्फत चेतावनी समेत दिएका छन ।
Views: 137

























