२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि

धनगढीः   कैलालीका ३३ सहित थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एक/एकजना  र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।

यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ। गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा संक्रमण देखिएको छ।

श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एकजनामा रहेका छन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एकजनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।