२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

कृष्णपुर-२ वाणीस्थित सामुदायिक वनमा जङ्गली हात्तीले छावा जन्मायो

कञ्चनपुर, २३ असोज । कृष्णपुर नगरपालिका–२ वाणीस्थित जनहित महाकाली सामुदायिक वनमा जङ्गली हात्तीले छावा (बच्चा जन्माएको) पाएको छ । बिहीवार हात्तीले छावा पाएको हो । भर्खरै पाएको छावा सामुदायिक वनमा रहेको कुलोमा फसेपछि दर्जन बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले निकालेर लगेको स्थानीय हरि चौधरीले बताए ।

“हात्तीले पाएको छावा जन्मेको केही समयमै हिँड्न थाल्यो”, उनले भने, “नजिकै खनिएको कुलोको माटोमा फसेपछि मानिसझै बथानका हात्तीले काठको प्रयोग गरी आधा घण्टा बढी समय लगाएर छावालाई निकालेर छाडे ।” नजिकैको सामुदायिक वनमा हात्तीले छावा पाएपछि टाढाबाटै हेर्नेहरुको घुइँचो लागेको उनले बताए । बस्तीमै आएर हात्तीले उपद्रो मच्चाउने डरले हात्तीको बथानलाई सामुदायिक वनको बाँसघारीबाट टाढा भगाइएको छ ।

सामुदायिक वन नजिकै मुक्तकमैया बस्ती छ । सामुदायिक वन संरक्षण गरिएपछि केही वर्षदेखि सुरक्षित बासस्थान र पर्याप्त आहाराका कारण हात्तीको बथान यस क्षेत्रमा पुग्ने गर्दछ । लालझाडी संरक्षण क्षेत्र नजिकैको जनहित महाकाली सामुदायिक वन हात्तीको पुरानो करिडरका रूपमासमेत रहेको छ ।

“सामुदायिक वन क्षेत्रमा हात्ती हेर्न जाने र जिस्काउनेहरुका कारण मानवीय क्षति हुन नदिनका लागि सबै जनालाई त्यस ठाउँमा नजानका लागि सेचत गराएका छौँ”, प्रहरी चौकी वाणीका प्रहरी सहायक निरीक्षक मोहन जोशीले भने, “सबडिभिजन वन कार्यालय वाणीका वनरक्षक, प्रहरी र सामुदायिक वनका पदाधिकारीको सहयोगमा हात्तीलाई वन क्षेत्रमा धपाइएको छ ।”
 सामुदायिक वनले सार्वजनिक सूचना जारी गरेर वन क्षेत्रमा प्रवेशमा रोक लगाउनुका साथै वनक्षेत्र नजिकको बस्तीका बासिन्दालाई सचेत भएर बस्नका लागि आह्वानसमेत गरेको छ । भारतको दुधुवा नेशनलपार्क हुँदै हात्तीको बथान प्रतिवर्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र लालझाडी संरक्षण क्षेत्र हुँदै चुरे क्षेत्रमा आउने गरेको छ ।

धानमा बाला लाग्नै आँटेका बेला हात्तीको बथान यहाँ आइपुग्दछ । धान काटेर किसानले भित्र्याइसकेपछि मात्रै हात्तीको बथान पुरानै बासस्थान दुधुवा नेशनल पार्कमा फर्कने गरेको छ । रासस

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।