२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

स्थानीयद्धारा पुनर्वास नगरपालिका घेराउ

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका कोरोना संक्रमितको विषयमा बेखबर भएको भन्दै स्थानीयहरुले नगरपालिका घेराउ गरेका छन ।  केहि दिन अघि कोरोनाका कारण कोहलपुर मेडिकलमा उपचारका क्रममा मृत्यु भएकी पुनर्वास २ ईट्टा भट्टी लाईन कि २८ वर्षीया शारदा बोगटीको परिवार , आफन्त र टोलबासीहरुले पुनर्वास नगरपालिका घेराउ गरेका हुन् ।

बुधबार मृतक महिलाको घरका चार सदस्यलाई कोरोना देखिएपछि स्वास्थ शाखा बेखबर भइ कुनैपनि रेखदेख र प्रतिक्रिया नदिएको भन्दै बिहिवार उनिहरुले नगरपालिका घेराउ गरेका हुन । उनिहरुले आफन्त र टोलबासीले सबैको पिसिआर र नाबालक दुई बच्चाको भरणपोषणको जिम्मा सरकारले लिनुपर्ने समेत माग गरेका छन ।

यता नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले स्वाब परिक्षणका लागि आवश्यक पर्ने भिटिएम नगरपालिकासंग पर्याप्त नभएका कारण टोलका पुरै व्यक्तिको पिसिआर गर्न नसक्ने तर प्रत्यक्ष सम्पर्कमा रहेका घरका एक जना सदस्यहरुको पिसिआर परिक्षण केहि दिन भित्रै गर्ने जानकारी दिए ।

नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि नगरपालिकाका अत्यावश्यक सेवा बाहेक अन्य सम्पूर्ण सेवा भने अनिश्चितकालिनका लागि बन्द भएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।