२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कैलाली प्रशासनले वडा अनुसार सेवा हेरफेर ग¥यो

कैलाली प्रशासनले स्थानीय तहलाई बार अनुसार सेवा दिने प्रणालीमा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाईरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै बार अनुसार सेवा दिने प्रणालीलाई थप व्यवस्थित बनाएको जनाएको छ ।

कार्यालयले नागरिकता, नावालक परिचयपत्र र संघसंस्था सम्बन्धिका सेवा स्थानीय तह र वडाका सेवाग्राहीलाई छुट्टाछुट्टै बार प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

आईतबार धनगढी उपमहानगरपालिका वडा नम्बर १५ देखि १९ सम्मका सेवाग्राही, गोदावरी नगरपालिकाको वडा नम्बर १ देखि ३ सम्मका सेवाग्राही, सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ५ देखि १० सम्म, गोदावरी नगरपालिकाको वडा नम्बर ४ र ५ का सेवाग्राहीलाई सेवा दिईनेछ । 

यस्तै मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ६ देखि ९ सम्म, कैलारी गाउँपालिका वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राही, बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ देखि १४ का सेवाग्राही र कैलारी गाउँपालिका वडा नम्बर ८ र ९ का सेवाग्राहीलाई सेवा प्रदान गरिने प्रशासनले जनाएको छ ।

बीहिबार गोदावरी नगरपालिका १० र १२ का सेवाग्राही, कैलारी गाउँपालिका वडा नम्बर ५ देखि ७ सम्मका सेवाग्राही, शुक्रबार वडा नम्बर १ देखि ४ सम्मका सेवाग्राहीलाई सेवा प्रदान गरिने जारी सूचनामा उल्लेख छ । चुरे गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका सेवाग्राहीलाई भने शुक्रबार बाहेक हप्तामा पाँच दिन सेवा प्रदान गरिनेछ । 

आज सार्वजनिक गरिएको कार्यतालिका अनुसार २५ गतेदेखि सेवा प्रदान गरिने प्रशासनले जनाएको छ ।यस बाहेकका अन्य राहादानी, हातहतियार दर्ता, नविकरण, पत्रपत्रिका, प्रमाणित तथा सिफारिस सम्बन्धीका सेवा नियमित कार्यालय समयमा उपलब्ध गराईनेछ ।

स्थानीय प्रशासनले तोकिएको बार मात्र सम्बन्धीत सेवाग्राहीले कार्यालयमा प्रवेश गर्न पाउने जनाएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न अनुरोध समेत गरिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।