२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

बलात्कारको घटना गाउँमै मिलापत्र गराएको आरोपमा बझाङमा छ जना पक्राउ

बझाङ, २० असोज ।  बझाङमा बलात्कारको घटना गाउँमै मिलाएको  आरोपमा  ६ जना पक्राउ परेका छन्। बझाङको मस्टा गाउँपालिकामा गत साउन २६ गते १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना गाउँमै ढाकछोप गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लालबहादुर बोहरा, धनचढी बोहरा, झलक दमाई, थमकला दमाई, पिरु दमाई र गल्फे बोहरा छन्। १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या गरेको भन्दै पक्राउ गरिएका राजेन्द्र बोहरा यो घटनामा संलग्न थिए।

प्रहरीका अनुसार पक्राउ परेका ६ जनाले बोहरालाई गर्भ रहे जिम्मा लिने कागज गराएर पाँच सय जरिवाना तिराई घटना गाउँमै गुपचुप मिलाएका थिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।