धनगढी, १९ असोज । सुदूरपश्चिममा आइतबार ६९ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना गरी एकै दिन ६९ जना निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
यो संगै प्रदेशभरि निको हुनेको संख्या छ हजार ५७० पुगेको छ । यसैबीच, आइतबार प्रदेशभरि ३६ जना संक्रमित थपिएका छन् ।



सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो संगै प्रदेशभरि जम्मा संक्रमितको संख्या सात हजार ६०४ पुगेको छ भने सक्रिय सङ्क्रमितको संख्या एक हजार १६ रहेको छ ।
Views: 201


















