२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

सुदूरपश्चिममा थप ६९ जना निको भएर डिस्चार्ज

धनगढी, १९ असोज । सुदूरपश्चिममा आइतबार ६९ जना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । अछामका ४९, डोटीका १७, डडेल्धुराका एक र सेती प्रादेशिक अस्पतालबाट दुई जना गरी एकै दिन ६९ जना निको भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । 
यो संगै प्रदेशभरि निको हुनेको संख्या छ हजार ५७० पुगेको छ । यसैबीच, आइतबार प्रदेशभरि ३६ जना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

यो संगै प्रदेशभरि जम्मा संक्रमितको संख्या सात हजार ६०४ पुगेको छ भने सक्रिय सङ्क्रमितको संख्या एक हजार १६ रहेको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।