२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

नान्टेस गिर्जाघरको आगलागी प्रकरणमा एक व्यक्ति पक्राउ

काठमाडौं,४ साउन। फ्रान्सेली अनुसन्धानकर्ताहरुले ऐतिहासिक महत्वको नान्टेस शहरको गिर्जाघरमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको बताएका छन् । आगलागीबाट गिर्जाघरमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

उक्त व्यक्तिले शुक्रबार साँझ गिर्जाघरको ढोका बन्द गरेको स्थानीय जाँच अधिकारी पियर सेनेसले बताए ।उनले सोधपुछ गरिएका व्यक्तिको आगलागीमा कुनै संलग्नता थियो भनेर अहिल्यै भन्न कठिन रहेको पनि जानकारी दिए ।

अनुसन्धान अधिकारीहरुले नान्टेस गिर्जाघरमा शनिबार भएको यस आगलागीलाई आगजनीका रुपमा व्याख्या गर्दै अनुसन्धान थालेका छन् । आगलागीबाट सेन्ट पीटर र सेन्ट पलको गोथिक गिर्जाघरका तीन ठाउँमा ठूलो क्षति गरेको छ ।

गत वर्ष सन् २०१९ को अप्रिलमा पनि फ्रान्सकै ऐतिहासिक एवं धार्मिक महत्वको नोट्रेडाम गिर्जाघरमा भिषण आगलागी भएको थियो । उक्त गिर्जाघरको पुनर्निर्माण कार्य जारी छ ।एएफपी

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।