२०८१ माघ १ मंगलवार
२०८१ माघ १ मंगलवार

नान्टेस गिर्जाघरको आगलागी प्रकरणमा एक व्यक्ति पक्राउ

काठमाडौं,४ साउन। फ्रान्सेली अनुसन्धानकर्ताहरुले ऐतिहासिक महत्वको नान्टेस शहरको गिर्जाघरमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरी सोधपुछ शुरु गरेको बताएका छन् । आगलागीबाट गिर्जाघरमा ठूलो क्षति पुगेको अनुमान गरिएको छ ।

उक्त व्यक्तिले शुक्रबार साँझ गिर्जाघरको ढोका बन्द गरेको स्थानीय जाँच अधिकारी पियर सेनेसले बताए ।उनले सोधपुछ गरिएका व्यक्तिको आगलागीमा कुनै संलग्नता थियो भनेर अहिल्यै भन्न कठिन रहेको पनि जानकारी दिए ।

अनुसन्धान अधिकारीहरुले नान्टेस गिर्जाघरमा शनिबार भएको यस आगलागीलाई आगजनीका रुपमा व्याख्या गर्दै अनुसन्धान थालेका छन् । आगलागीबाट सेन्ट पीटर र सेन्ट पलको गोथिक गिर्जाघरका तीन ठाउँमा ठूलो क्षति गरेको छ ।

गत वर्ष सन् २०१९ को अप्रिलमा पनि फ्रान्सकै ऐतिहासिक एवं धार्मिक महत्वको नोट्रेडाम गिर्जाघरमा भिषण आगलागी भएको थियो । उक्त गिर्जाघरको पुनर्निर्माण कार्य जारी छ ।एएफपी

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।