बलिउडमा कोरोनाभाइरस संक्रमण महामारीकै बीच फिल्मको छायांकन शुरु गरी सम्पन्न गरिएको छ। अक्षय कुमारको फिल्म ‘बेल बटम’ ले छायांकन पूरा गरेको हो। यससँगै फिल्मको पोस्टर पनि सार्वजनिक गरिएको छ।



महामारीको असहज समयमा बन्दाबन्दीकै बीचमा फिल्म निर्माण टोलीले छायांकनको काम फत्ते गरेर कोरोना सँगसँगै अगाडि बढ्नुपर्ने उदाहरण प्रस्तुत गरेको छ। अक्षयले फिल्मको पोस्टर इन्स्टाग्राममा शेयर गरेका छन्।
Views: 234




















