२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सम्झना कामीको अाठ दिनपछि गरियाे दाह संस्कार बझाङ

बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं.२ खिकालाकी बालिकाको बुधबार दाहसंस्कार गरिएको छ । असोज ७ गते शिममान्डौमा बलात्कार पछि हत्या गरिएकी १२ बर्षिया सम्झना कामीको बुधबार ८ दिन पछि शव विसर्जन गरिएको हो ।

मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले पत्रकार सम्मेलन गरि मष्टा गाउँपालिका २ घर भएका २० बर्षिया राजेन्द्र बोहोरालाई अभियुक्त सार्वजनिक गरेको थियो । अस्पताल सिमखेतमा राखिएको बालिकाको शव सम्झनाका आफन्तले आज बुझेका थिए ।

जिल्ला अस्पतालबाट सम्झनाको शव बुझ्दै गोरख कामीले दोषीलाई कारबाही हुन्छ भनेर आफुहरुले शव बुझेको र अदालतबाट फैसला नहुँदासम्म सम्झनाको न्यायका लागिसंर्घष जारी राख्ने बताउनु भयो । मंङ्गलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठकमा समेत बालिकाको शव आफन्तले बुझ्ने सहमति भएको थियो । नेपाल सरकार गृहमन्त्रालयका सचिवले फोन मार्फत बालिकाका आफन्तलाई १० लाख रुपैयाँ दिने बताएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामबहादुर सार्कीले बताउुनु भयो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।