कञ्चनपुर । कञ्चनपुरमा निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले मंगलबार रातिबाट निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।



यसअघि साँझसम्म साढे ६ देखि बिहान ५ वजेसम्म निषेधाज्ञा तोकिएकोमा मंगलवारबाट वैठकले निषेधाज्ञाको समय राति साढे ८ देखि बिहान ५ बजेसम्म तोकेको प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
यस्तै, कामका लागि भारत जाने र भारतबाट घर फर्किनेहरुका लागि पनि समय परिवर्तन गरिएको छ । अब बिहान ६ देखि साँझ ८ वजेसम्मको समय तोकिएको छ । पहिला बिहान ६ देखि १० बजेसम्म मात्रै नाका खुला गरिएको थियो ।


Views: 170

























