२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान गर्न ‘मिडिया एलाईन्स नेपाल’ स्थापना

काठमाडौँ। सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ ।

सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा संस्थाको रुपमा एलाईन्स स्थापना भएको हो ।

सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यमीहरुको हकहित संरक्षण, सञ्चार उद्यममा देखा परेका समस्याको एकिकृत समाधान गर्दै, तटस्थ, निष्पक्ष र जनउत्तरदायी समाजको निर्माणमा एलाईन्स सक्रिय रहने छ ।

संस्था दर्ता प्रक्रियामा रहेकाले हाल संस्थाको तदर्थ समिति गठन गरिएको छ । निकट भविष्यमै संस्थाको दर्ता प्रक्रिया सम्पन्न गरी अन्य कामलाई विधिवत रुपमा अघि बढाइने एलाईन्सले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।