२०८३ कार्तिक ७ शुक्रबार
२०८३ कार्तिक ७ शुक्रबार

सञ्चार क्षेत्रमा देखिएका समस्याको समाधान गर्न ‘मिडिया एलाईन्स नेपाल’ स्थापना

काठमाडौँ। सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ ।

सञ्चारसम्बन्धि नीति र कानून निर्माणमा सञ्चार उद्यमीको दृष्टिकोण राख्ने, तिनलाई जनउत्तरदायी बनाउने तथा सञ्चार क्षेत्रमा कार्यरत पत्रकार, कर्मचारी र कामदारको हकहित संरक्षणका साथै उद्यमीको लगानीको संरक्षणमा पहल गर्ने उद्देश्यले सञ्चार उद्यमीहरुको साझा संस्थाको रुपमा एलाईन्स स्थापना भएको हो ।

सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाई सञ्चार उद्यमीहरुको हकहित संरक्षण, सञ्चार उद्यममा देखा परेका समस्याको एकिकृत समाधान गर्दै, तटस्थ, निष्पक्ष र जनउत्तरदायी समाजको निर्माणमा एलाईन्स सक्रिय रहने छ ।

संस्था दर्ता प्रक्रियामा रहेकाले हाल संस्थाको तदर्थ समिति गठन गरिएको छ । निकट भविष्यमै संस्थाको दर्ता प्रक्रिया सम्पन्न गरी अन्य कामलाई विधिवत रुपमा अघि बढाइने एलाईन्सले जनाएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।