२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत भएको पहिलो सेटमा चेन्नई सुपर किङ विजयी

दुबई – १३ औं इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत भएको पहिलो खेलमा चेन्नई सुपर किङ विजयी भएको छ ।

चेन्नई ले मुम्बई इण्डियन्सलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनको सम्मानजन्य योगफल तयार पारेको थियो । ४८ रनमा शुरुवाती दुई विकेट गुमाएको मुम्बईका लागि मध्ये क्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे । सौरब तिवारीले ४२ रन बनाएका थिए । उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै डिककले २० बलमा ५ चौका प्रहार गर्दै ३३ रन बनाएका थिए । यस्तै किरण पोलाडले पनि १४ बलमा १८ रन बनाएका थिए । जस्प्रित बुम्राह, ट्रेन्ड बोल्ट, जमेस पटिसन, कुनाल पाण्ड्या र राहुल चहर ले एक एक विकेट लिए ।

१६३ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेट घुमाउदै जित हासिल गरेको छ । उसका लागि अम्बाती राउडुले सर्वाधिक ७१ रन बनाए । राउडु बाहेक डुपलेसिले ५४,स्यम करनले १८ रन बनाउँदै । मुम्बईलाई हराउनका लागि लुङी ले ३ र दिपक चहर र श्यम करनले दुई दुई विकेट लिए ।

आइपिएलमा आज आइतबार दिल्ली क्यापिटल्समा र किङ इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ।

दिल्ली क्यापिटल्समा आबद्ध नेपाली बलर सन्दिप लामिछाने भने याे खेलमा प्लेइङ सेटमा पर्न कम सम्भावना भएको देखिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।