२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

सुदूरपश्चिममा आज थप ७५ जनामा संक्रमण पुष्टी

धनगढी । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ७५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । सेती पदेशिक अस्पतालमा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो।

कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनीहरु सबै पुरुष छन्। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको बताए। कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

डडेलधुरा अस्पताल प्रयोगशालामा ९१ नमुना परीक्षण गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थलारा गाउँपालिका बझाङका १ जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।