धनगढी । पछिल्लाे २४ घण्टामा सुदूरपश्चिम प्रदेशमा ७५ जनामा काेराेना संक्रमण पुष्टी भएकाे छ । सेती पदेशिक अस्पतालमा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो।



कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। उनीहरु सबै पुरुष छन्। यस्तै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुटि भएको बताए। कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
डडेलधुरा अस्पताल प्रयोगशालामा ९१ नमुना परीक्षण गरिएकोमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थलारा गाउँपालिका बझाङका १ जनामा सङ्क्रमण पुष्टि भएको डडेलधुरा प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिए ।

























