२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

दार्चुलाको घाटिबगडमा ढुंगाले लागेर मजदुरको मृत्यु

दार्चुला, २० भदौ ।  दार्चुलाको घाटिबगडमा ढुंगाले लागेर मजदुरको मृत्यु भएको छ ।व्यास जोड्ने घोडेटो बाटो बनाउने काममा खटिएका एक जना स्थानीय मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ । नेपाली सेनासँगै काम गरिरहेका व्यास गाउँपालिका–५ स्याकुका स्थानीय ३७ वर्षीय दिवानसिंह धामी बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर शुक्रबार गम्भीर घाइते भएका थिए ।

नेपाली सेनाले बनाइरहेको घोडेटो बाटोमा काम गरिरहेका व्यासका स्थानीय मजदुरहरु । गम्भीर घाइते धामीलाई शुक्रबार राति उपचारका लागि नेपाली सेनाको हेलिकप्टरले जिल्ला अस्पताल पुर्‍याए पनि बाटोमै मृत्यु भएको थियो ।

बाटोमै मृत्यु भएका धामीलाई अस्पताल पुर्‍याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । अँध्यारो भइसकेको कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लैजान नसकिएको सेनाले जनाएको छ ।

मृतक धामी घाटीबगड क्षेत्रमा सुरुदेखि सेनासँगै बाटो निर्माणमा खटिएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।