दार्चुला, २० भदौ । दार्चुलाको घाटिबगडमा ढुंगाले लागेर मजदुरको मृत्यु भएको छ ।व्यास जोड्ने घोडेटो बाटो बनाउने काममा खटिएका एक जना स्थानीय मजदुरको ढुंगाले लागेर मृत्यु भएको छ । नेपाली सेनासँगै काम गरिरहेका व्यास गाउँपालिका–५ स्याकुका स्थानीय ३७ वर्षीय दिवानसिंह धामी बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर शुक्रबार गम्भीर घाइते भएका थिए ।



नेपाली सेनाले बनाइरहेको घोडेटो बाटोमा काम गरिरहेका व्यासका स्थानीय मजदुरहरु । गम्भीर घाइते धामीलाई शुक्रबार राति उपचारका लागि नेपाली सेनाको हेलिकप्टरले जिल्ला अस्पताल पुर्याए पनि बाटोमै मृत्यु भएको थियो ।
बाटोमै मृत्यु भएका धामीलाई अस्पताल पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए । अँध्यारो भइसकेको कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लैजान नसकिएको सेनाले जनाएको छ ।
मृतक धामी घाटीबगड क्षेत्रमा सुरुदेखि सेनासँगै बाटो निर्माणमा खटिएका थिए ।

























