डडेल्धुराः बर्दियाको राजपुर नगरपालिका १ दौलतपुरमा वि.सं२०३२ सालमा जन्मिनु भएका समाजसेवी विनोद भट्ट समाजेवामा निरन्तर लागि रहेका छन् । उनी भन्छन आफु संग भएर असाहय, गरिब,लाई सहयोग गर्नु पाउनु मेरो सौभाग्य हो ।




भट्ट समाज सेवामा निरन्तर १० बर्ष देखि सकिृय छन् । उनले समाजमा रहने गरिब, दिनदुखी , असाहय लाई आर्थिक ,भौतिक रुपमा सहयोग गर्दे आएका छन् । उनले यस हप्ता मात्र क्यान्सर पिडित, सवारी दुर्घटनामा परि घाईते भएका बिरामीलाई नगद सहयोग गरेका छन् । उनी निरन्तर समाजसेवामा रहेको र रहने बताउछन् । उनको प्रख्यौली घर भने भागेश्वर ४ डुंगरी हो । उनी स्वर्गिय गंगा दत्त भट्टका छोरा हुन् । उनले बुबा बाट नै यो कर्म गर्ने प्रेरणा पाएको बताउछन् ।
Views: 46






















