२०८३ जेष्ठ १६ शनिबार
२०८३ जेष्ठ १६ शनिबार

भागेश्वर गाउँपालिकामा मनोपरामर्श सम्बन्धि सचेतना कार्यक्रम

भागेश्वरः भागेश्वर गाउँपालिका अन्तर्गत महिला तथा बालविकास शाखाको आयोजनामा मनोसामाजिक परामर्श सम्बन्धी ३ दिने तालिम सुरु भएको छ । तालिममा गाउँपालिकाका ५ वटै वडाबाट पाचँ पाचँ जनाका दरले ३० जनाको सहभागीता रहेकोछ । पछिल्लो समयमा मानिसहरूमा मनोसामाजिक समस्या बढ्दै गइरहेको अवस्थामा त्यसमा कमी ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महिला विकास तथा बालबालिका शाखा प्रमुख कल्पना थापा (बिष्ट) ले बताउनुभयो ।

उहाँका अनुसार हाल समाजमा विभिन्न प्रकारका मनोसामाजिक समस्याहरू देखापर्न थालेका छन् । यस्ता समस्याको पहिचान तथा समाधानमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

मनोसामाजिक परामर्श भनेको व्यक्तिको मानसिक, भावनात्मक तथा सामाजिक समस्याहरू बुझेर समाधानतर्फ सहयोग गर्ने प्रक्रिया हो। यसमा व्यक्तिलाई आफ्ना समस्या खुलेर व्यक्त गर्न, तनाव कम गर्न, आत्मविश्वास बढाउन र सकारात्मक सोच विकास गर्न सहयोग गरिन्छ।

यस परामर्शले विशेष गरी:

  • तनाव, चिन्ता र डर कम गर्न
  • पारिवारिक वा सामाजिक समस्या समाधान गर्न
  • हिंसा, दुःख, आघात वा निराशाबाट बाहिर आउन
  • आत्मविश्वास र निर्णय क्षमता बढाउन

  • मानसिक स्वास्थ्य सुधार गर्न मद्दत पुर्‍याउँछ।

मनोसामाजिक परामर्श विद्यालय, स्वास्थ्य संस्था, समुदाय तथा विभिन्न तालिम कार्यक्रममार्फत प्रदान गरिन्छ। परामर्शदाता (Counselor) ले व्यक्तिको भावना र अवस्थालाई गोप्य राख्दै आवश्यक सुझाव तथा सहयोग प्रदान गर्छन्।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।