डडेलधुराः सुदुरपश्चिम प्रदेश स्तरीय प्रतिभा पहिचान कार्यक्रममा डडेल्धुरामा रहेको बैजनाथ मा.वि. मौरोडाले उतकृष्ट प्रर्दशन गरेकोछ । शिक्षा विकास निर्देशनालय दिपायल डोटि द्धारा आयोजी कार्यक्रममा बैजनाथ मा.वि.मौरडा डडेल्धुराले विज्ञान विधामा प्रथम,गणित विधामा द्धतिय र नृत्य विधामा तृतीय स्थान हासिल गरेकोछ ।
कार्यक्रममा पाचँ ओटा विधामा कार्यक्रमगरेको थियो , जसमा विज्ञान, गणित, नृत्य, प्रविधि र ईन्जिनियरिगं रहेको शिक्षा विकास निर्देशनालय डोटिका उपसचिव गोपाल दत्त जोशीले जानकारि दिएका छन् ।



हरेक विधामा प्रथम हुनेलाई २० हजार नगद, द्धतिय हुनेलाई १५ हजार , तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाण पत्र दिईएको जोशीले बताएका छन् ।
हिजो सम्पन्न कार्यक्रममा नौ जिल्ला मध्ये ७ जिल्लाको सहभागिता रहेको थियो ।
बैजनाथ माध्यमिक विद्यालयले उतकृष्ट नतिजा ल्याएको आफु खुशी रहेको रआगामी दिनमा पनि यस्ता कार्यक्रममा उतकृष्ट नतिजा ल्याउनुमा निरन्तरता दिने शिषक शुनिल भट्टले बताएका छन् ।

























