विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–५ मा शुक्रबार राति नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।



बूढीगंगा–५ का २१ वर्षीय ब्रह्मदेव ऋषिदेवको पानी बगिरहेको नहरमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार रातको समयमा नहरको पुल तरेर आफ्नो घरतिर जाने क्रममा कल्भर्टबाट चिप्लिएर ऋषिदेव पानीमा खसेका थिए।
डुबेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि बूढीगंगाको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा लगेको थियो।
चिकित्सकले ऋषिदेवलाई राति १०:२५ बजेतिर मृत घोषित गरेको खड्काले बताए। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ।
Views: 164

























