२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

नहरमा डुबेर युवकको मृत्यु

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–५ मा शुक्रबार राति नहरमा डुबेर एक युवकको मृत्यु भएको छ।

बूढीगंगा–५ का २१ वर्षीय ब्रह्मदेव ऋषिदेवको पानी बगिरहेको नहरमा डुबेर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए। उनका अनुसार रातको समयमा नहरको पुल तरेर आफ्नो घरतिर जाने क्रममा कल्भर्टबाट चिप्लिएर ऋषिदेव पानीमा खसेका थिए। 
डुबेर घाइते भएको अवस्थामा प्रहरीले उद्धार गरेर उनलाई उपचारका लागि बूढीगंगाको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा लगेको थियो।

चिकित्सकले ऋषिदेवलाई राति १०:२५ बजेतिर मृत घोषित गरेको खड्काले बताए। प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।