२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

लाइभ रिपोर्टिङ गर्दागर्दै बाढीले पत्रकारलाई बगायो, भिडियो भाइरल

एजेन्सीः पत्रकारहरू कहिलेकाहीँ समाचार मात्र बनाउँदैनन्, आफैँ समाचार बन्छन्। पाकिस्तानको रावलपिंडीबाट यस्तै एउटा भिडियो सार्वजनिक भएको छ, जसमा एक रिपोर्टर बाढीको रिपोर्टिङ गर्दागर्दै पानीको तेज बहावमा बगेका छन्।

चहान बाँध नजिकै बाढीको अवस्थाबारे प्रत्यक्ष रिपोर्टिङ गरिरहेका बेला यो घटना भएको हो। यो भिडियो हेरेपछि कतिपयले हाँसो रोक्न सकेका छैनन् भने कतिपयले उनको साहसको प्रशंसा गरेका छन्। भाइरल भिडियोमा एक रिपोर्टर कम्मरसम्मको पानीमा उभिएर माइक समाउँदै रिपोर्टिङ गरिरहेको स्पष्ट देखिन्छ। उनी आफ्नो काममा यति मग्न थिए कि पानीको बहाव अचानक तेज भएको पत्तै पाएनन्। केही सेकेन्डमै उनको टाउको र हात पानीमा डुब्छ र हेर्दाहेर्दै उनी पानीको भेलमा बग्छन्। यो पूरै दृश्य क्यामेरामा कैद भएको छ।

यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा सेयर हुनेबित्तिकै भाइरल भयो। लाखौँ मानिसले यो भिडियो हेरेर रिपोर्टरको हिम्मतको प्रशंसा गरेका छन् एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुरुमा त यो भिडियो एआईले बनाएको जस्तो लाग्यो, तर पछि याद आयो, यो त पाकिस्तान हो।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यिनी हुन् असली पत्रकार, जो समाचार मात्र देखाउँदैनन्, आफैँ कथा बन्छन्।’

बाढीले बगायो पत्रकार, तर वास्तविकता गम्भीर
भाइरल भिडियो रमाइलो देखिए पनि यस पछाडिको वास्तविकता निकै गम्भीर छ। पाकिस्तान अहिले भारी वर्षा र बाढीको चपेटामा छ।

विशेषगरी पञ्जाब प्रान्तको अवस्था अत्यन्तै नाजुक बनेको छ। जुलाई १ देखि १७ सम्म त्यहाँ सामान्यभन्दा निकै बढी वर्षा भएको छ, जसका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ।

पाकिस्तानको मौसम विभागका अनुसार, यो वर्ष जुलाई महिनामा देशभर औसतभन्दा ८२ प्रतिशत बढी वर्षा रेकर्ड गरिएको छ। यसले गर्दा कयौँ गाउँ डुबानमा परेका छन् भने सडकको नामोनिसान मेटिएको छ।

भारी वर्षाका कारण उद्धार तथा राहत कार्यमा पनि कठिनाइ भइरहेको छ। प्रशासनले मानिसहरूलाई सुरक्षित स्थानमा पुऱ्याउने हरसम्भव प्रयास गरिरहेको छ, तर बाढीका कारण स्थिति नियन्त्रण बाहिर छ। – ukeraa

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।