डडेल्धुरा(दिपकराज भट्ट)- सात पालिका रहेको डडेल्धुरामा पछिल्लो तीन बर्षमा आत्महत्या गर्नेको संखया ७८ रहेकोछ । जिल्ल प्रहरी कार्यालय डडेल्धुराको तथ्याङक अनुसार आर्थिक बर्ष २०७८÷७९ मा आत्महत्या गर्नेको संख्या २७ जना,आर्थिक बर्ष २०७९÷८० मा २९ जना र आर्थिक बर्ष २०८०÷८१ मा २१ जना रहेको छ । आत्महत्या गर्नेमा झण्डिएर संख्या ६५ जना र बिष सेवन गरि १२ जना रहेका छन् ।



‘आत्महत्याको एउटा कारण व्यक्तिगत असन्तुष्टि पनि हो,’ उनले भने, ‘आफ्नो इच्छा पूरा नभएको आवेगमा धेरैले देहत्याग गरेको हाम्रो अनुसन्धानबाट पनि खुल्न आएको छ । आत्महत्याको कारण निराशा र त्यसले उत्पन्न गराउने मानसिक तनाव पनि हो ।’ उनका अनुसार आत्महत्या कसैले पनि योजनावद्ध रुपमा गरेको देखिन्न । ‘सहरी क्षेत्रममा वैवाहिक जीवन सफल नभएर तथा प्रेममा धोका पाएर पनि धेरै युवायुवतीहरुले आत्महत्याको बाटो रोजेको पाइएको छ,’ डीएसपी बोहराले भने, ‘अनैतिक सम्बन्धले पनि आत्महत्या बढाएको छ ।’ सहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ ।
प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई पछिल्लो समय दुरुत्साहन मुद्दा लगाउन थालेको छ । डडेल्धुरामा पछिल्लो तीन बर्षमा यस्ता मुद्धा संख्या ४ रहेका छन् । महिलाको तुलनामा आत्महत्या गर्नेको संख्या पुरुषको बढि रहेको तथ्याङकले देखाएकोछ ।

























