२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

वडा स्तरीय बाल क्लब विस्तार गर्दै धनगढी नगर बाल सञ्जाल

धनगढी- अब प्रत्येक वडामा वडा स्तरीय बाल क्लब गठन गर्ने भएको छ । सोही कार्यक्रम अनुरूप नगरका सामुदायिक तथा निजी विद्यालय सङ्ग सहकार्य गर्दै अघि बढ्ने सञ्जालका उपाध्यक्ष लक्ष्मी जोशीले जानकारी दिए। वडामा रहेको विद्यालयबाट सम्बन्धित वडाका-५ जना बालबालिका सिफारिस गरिएका र इच्छुक बालबालिकालाई वडा कार्यालयको सहकार्यमा अलग अलग मितिमा सम्बन्धित वडाको वडा स्तरीय बाल क्लब गठन गरिने बताइएको छ।

विभिन्न क्रियाकलापमा बालबालिकालाई प्रत्यक्ष रुपमा सक्रिय गराइ बालबालिकाका समस्या पहिचान गरि त्यसको समाधानको लागि कदम चाल्ने उद्देश्यले वडा स्तरीय बाल क्लब गठन गरिरहेको नगर बाल सञ्जालका अध्यक्ष विजयराज जोशीले जानकारी दिए ।

उनले भने “बिभिन्न प्राकृतिक तथा कृत्रिम सङ्कटमा बालबालिकालाइ बढी जोखिम हुने हुदा त्यस्ता जोखिम न्यूनीकरणका लागि अपनाउन सकिने क्रियाकलाप र सामूहिक काममा बालबालिकाको भूमिकालाई अग्रसर गराउन यस्ता क्लब बनाउनु आवश्यक पर्ने हुँदा यस्तो कदम उठाएका हौं।”

धनगढी भित्रका सम्पूर्ण वडाका बालबालिकाको सक्रिय भूमिका र बडा कार्यालयको साथसहयोग रहोस भन्दै नगर बाल सञ्जाल धनगढी अनुरोध गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।