नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध धनगढीमा पनि प्रदर्शन गरेको छ।



कांग्रेसले धनगढीको क्याम्पसचोकदेखि चौराहासम्म र्यालीको आयोजना गरी प्रदर्शन गरेको हो।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते संसद् विघटन गरेपछि ६ गते नै पदाधिकारी बैठकबाट सो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र अधिनायकवाद उन्मुख भनेको कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरिरहेको छ।
र्यालीमा कांग्रेसका कार्यकर्ताले ‘नालायक केपी सरकार मुर्दावाद, नेपाली जनता के भन्छ कांग्रेसलाई ल्या भन्छ, नेकपा मुर्दावाद, ओलीको सर्वसत्ता मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
Views: 111

























