कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित जुगेडा अस्थायी प्रहरी पोष्टमा कार्यरत दुई जना प्रहरीको हत्या गर्ने हत्याका योजनाकार पक्राउ परेका छन् ।
प्रहरीले ढाई महिनापछि हत्याका योजनाकारलाई पक्राउ गरेको हो । अहिले पत्रकार सम्मेलन गरेर हत्याका योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरिरहेको जनाइएको छ । प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँदको तस्करबाट हत्या भएको थियो ।



Views: 217

























