प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरोधी प्रदर्शनको तयारी तिब्र पारेको छ ।



मंसिर २९ गते देशव्यापी रुपमा गर्ने भनेको प्रदर्शनका लागि नारा तय गरेको कांग्रेसले शनिबार भिडियोमार्फत नै प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ । शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमा यस्तो आह्वान गरेका छन् । शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको थियो।
कांग्रेसले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट लगायत घटनामा सरकार उदासीन बनेको भन्दै देशभर प्रदर्शन गर्न लागेको हो ।
Views: 162

























