२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिम प्रदेशका थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा  ३ सय ३२ जनाको परीक्षण गर्दा थप २७  जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टी हुनेमा ११ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिका, जोशिपुर गाउपालिका र भजनी नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै  कञ्चनपुरको पुनर्वास नगरपालिका, भिमदत्त नगरपालिकाका २/२ जना र कुष्णपुर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । उता डोटीको जोरायल गाउपालिका र बझाङको शुर्माका १/१ जनामा पनि कोरोना पुष्टि भएको  सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अछामको कमल बजारको प्रयोगशालामा थप ३७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा  ९ जनामा संक्रमण पुष्टी भएको सामाजिक मन्त्रालयले जनाएको छ ।

त्यस्तै डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १५ नमुना परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जना,  जोरायलका गाउँपालिकाका १ जना, महोत्तरी घर भई डोटीमा बस्दै आउनु भएका १ जनमा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।  
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ४१ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ३२ डिस्चार्ज भएका छन भने हाल सम्म ४१ जना संक्रमितको मृत्यु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।