सुदूरपश्चिम प्रदेशका थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ३ सय ३२ जनाको परीक्षण गर्दा थप २७ जनामा संक्रमण पुष्टि भएको हो।



संक्रमण पुष्टी हुनेमा ११ महिला १६ पुरुष रहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाका ११ जना, कैलारी गाउपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिका, जोशिपुर गाउपालिका र भजनी नगरपालिकाका १/१ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, भिमदत्त नगरपालिकाका २/२ जना र कुष्णपुर नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । उता डोटीको जोरायल गाउपालिका र बझाङको शुर्माका १/१ जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अछामको कमल बजारको प्रयोगशालामा थप ३७ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ९ जनामा संक्रमण पुष्टी भएको सामाजिक मन्त्रालयले जनाएको छ ।
त्यस्तै डोटीमा गरिएको परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १५ नमुना परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिकाका ३ जना, जोरायलका गाउँपालिकाका १ जना, महोत्तरी घर भई डोटीमा बस्दै आउनु भएका १ जनमा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।
यो योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ४१ पुगेको छ । संक्रमण पुष्टि भएका ९ हजार ६ सय ३२ डिस्चार्ज भएका छन भने हाल सम्म ४१ जना संक्रमितको मृत्यु भएको छ ।

























