२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कृष्णपुर-२ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिवार मृत्यु

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिवार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

मङ्सिर १४ गते गम्भीर  निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो । 
भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको शनिवार दिउँसो मृत्यु भएको सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ । अहिले ९ जना गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले बताए ।  २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र थप २ जना आइसियुमा छन्’ उनले भने ‘५ जनालाई अक्सिजन दिइरहेका छौँ । ’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।