कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का ५८ वर्षीय पुरुषको उपचारको क्रममा शनिवार मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।



मङ्सिर १४ गते गम्भीर निमोनिया लिएर धनगढीकै एक निजी अस्पतालमा उपचारका लागि गएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि १५ गते सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा रेफर गरिएको थियो ।
भेन्टिलेटरमा राखेर उपचार गराइरहेका व्यक्तिको शनिवार दिउँसो मृत्यु भएको सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।
योसँगै सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ । अहिले ९ जना गम्भीर रहेको सूचना अधिकारी श्रेष्ठले बताए । २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र थप २ जना आइसियुमा छन्’ उनले भने ‘५ जनालाई अक्सिजन दिइरहेका छौँ । ’
Views: 124

























