२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

बढ्यो जाडो : उच्च रक्तचाप हुन नदिन अपनाऔँ यी सावधानी

जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् । यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन ।

हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । त्यसैले हामीलाई रक्तचाप सम्बन्धी विभिन्न रोगले सताउने गर्छ । यस समयमा उच्च रक्तचापले गर्दा हृदयघातको हुने सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै जान सक्छ । त्यसैले हामीले सतर्क अपनाउनु जरुरी हुन्छ हाम्रो शरीरको रक्तचाप सन्तुलन राख्न अपनाउनु पर्ने विभिन्न उपायहरु यहाँ प्रस्तुत गरिएको छ ।

१. नुनको प्रयोग कम गर्ने स् धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन

२. पौष्टिक अनाजको सेवन स् फलफूल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ ।

३. तौल नियन्त्रण स् तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

४. व्यायाम स् दैनिक करिब ३० मिनेको व्यायाम स्वीमीङ तथा विरस्क वाकिङ पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ

५. मदिरा सेवन नगर्ने स् मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

६. शान्त रहनुहोस् स् व्यस्त जीवनशैलीका कारण अहिले मानिसहरु आफ्ना लागि समय दिन सकिरहेका छैनन् । परिणामस्वरुप उनीहरुमा कुण्ठा भरिँदै गएको छ । झनक्क रिसाउने, कराउने, झगडा गर्ने स्वभाव मानिसहरुमा आएको छ । विभिन्न ध्यान योगा गर्नुहोस् यसले तपाईको मन शान्त राख्न मदत गर्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।