२०८३ जेष्ठ २९ शुक्रबार
२०८३ जेष्ठ २९ शुक्रबार

कैलालीमा अत्तरिया जेसिज र जुनियर जेसीसको जेसिज सप्ताह संयुक्त कार्यक्रम सुरु

कैलालीको अत्तरियामा ‘जेसिज सप्ताह संयुक्त’ कार्यक्रम सुरु भएको छ । अत्तरिया जेसिज वर्ष २०२० र अत्तरिया जुनियर जेसिजको संयुक्त आयोजनमा जेसिज सप्ताह सुरु भएको हो । शुक्रबार उद्घाटन एवम् अनुभव आदान–प्रदान कार्यक्रमको आयोजना गरी सप्ताह सुरु गरिएको छ ।

अत्तरिया जेसिज वर्ष २०२० का अध्यक्ष प्रमोद अधिकारीको सभापतित्वमा आयोजित कार्यक्रमका सहभागीहरुलाई नेपाल मानव सेवा आश्रमका सञ्चालक रामजी अधिकारीले आफ्ना अनुभव बाँडेका थिए । कार्यक्रमको प्रमुख अतिथिका रुपमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत रहेकी थिईन ।

कार्यक्रममा बोल्दै उनले जेसिजले युवाहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने गरेको बताईन । ‘जेसिजले युवाहरुको नेतृत्व विकाशको क्षेत्रमा काम गर्ने गरेको छ’ उनले भनीन् ‘समाज र देश परिवर्तनका लागी युवावर्गलाई अगाडी बढाउन आवश्यक छ, जुन जेसिजले गर्दै आईरहेको छ ।’

विगतका दिनदेखि नै जेसिजले समाजमा सरकारले नगरेका कार्यहरु समेत गर्दै आएकाले जेसिजलाई नगरपालिकाको तर्फबाट भरपुर साथ र सहयोगका लागि आफू तत्पर रहेको उनले बताईन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।