२०८३ बैशाख ९ बुधबार
२०८३ बैशाख ९ बुधबार

दुर्घटना न्यूनिकरणको पहल आवश्यक

बैतडीमा हालै भएको बस दुर्घटनाको पीडा सेलाउन नपाउँदै बैतडीमा पुनः अर्को ठूलो दुर्घटना भएको छ । बैतडीको खोड्पे बजार नजिक दुई साताअघि भएको बस दुर्घटनामा नौ जनाले ज्यान गुमाएका थिए ।

दार्चुलाबाट यात्रु लिएर महेन्द्रनगरतर्फ जाँदै गरेको पवनदुत यातायात प्रालिको बस खोड्पे बजार नजिक मोडबाट खस्दा नौ जनाले ज्यान गुमाए, दुर्घटनामा ३४ जना घाइते भए ।

चालकले मोडमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको थियो । नौ जनाको ज्यान जाने गरी भएको यो दुर्घटनाको केही दिनमै बैतडीमा अर्को ठूलो दुर्घटना भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका–१०,  मा मंगलबार बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।  

झुलाघाटबाट गोठलापानी जाँदै गरेको बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो । दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर घर फर्कदै थिए । भारतीय सरकारी निकायमा काम गरेका नेपालीलाई पेन्सन बुझ्न सजिलो होस् भनेर स्थानीय प्रशासनले झुलाघाट नाका पाँच दिनका लागि खुला गरेको थियो ।

नाका खुलेपछि सिमा पारीबाट पेन्सन बुझेर घर फर्कदै गरेकाहरु बोकेको जीप दुर्घटनामा परेको हो । सुदूरपश्चिममा सवारी दुर्घटना वर्षेनी बढ्दो छ । दुर्घटनासँगै दुर्घटनामा ज्यान गुमाउने र अंगभंग हुनेको संख्या पनि बढीरहेको छ । करिब तीन वर्षयतामात्रै प्रदेशका नौ जिल्लामा भएका दुर्घटनामा पाँच सय ९९ जनाले ज्यान गुमाएका प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०७४/०७५ देखि हालसम्म भएका आठ सय ५८ वटा दुर्घटनामा नौ सय ५९ जनाजनाभन्दा बढी गम्भीर घाइते भएका छन् । ठूला दुर्घटनाहरु पहाडी जिल्लामा बढी हुने गरेका छन् ।

ट्राफिक प्रहरीका अनुसार क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गति, सडकको दुरावस्ताजस्ता कारणले पहाडी जिल्लामा हुने दुर्घटनाको कारण रहने गरेको छ ।

पहाडी जिल्लामा तीव्र गति, साँघुरा सडक, यान्त्रिक गडबडी र मानवीय त्रुटिले दुर्घटना हुने गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्नुले पनि दुर्घटनाहरु हुने गरेका छन् ।

पहाडी जिल्लामा सडक साँघुरको छ । कतिपय ठाउँमा एक लेनको सडक छ । प्राविधिकसँगै मानवीय कारणले पनि दुर्घटना बढेका छन् । बढ्दो दुर्घटनाले धनजनको ठूलो क्षति भइरहेको छ ।

दुर्घटना न्यूनिकरणका लागि राज्यसँगै सरोकारवाला सबैले ध्यान दिनुपर्छ । यसमा ट्राफिक प्रहरीको भूमिका अझ बढी हुनुपर्छ ।

क्षमताभन्दा बढी यात्रु बोक्न नदिने, गति नियन्त्रण गर्ने, ट्राफिक नियमितको पालना गराउनेजस्ता विषयमा कडाइका साथ कार्यान्वयन गर्नसके मानवीय त्रुटिका कारण हुने दुर्घटनाहरु न्यूनिकरण गर्न सकिन्छ     

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।