२०८३ आश्विन १५ बिहीबार
२०८३ आश्विन १५ बिहीबार

सफारीबाट भुईँमा ढलेका चालकको मृत्यु

मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ ।

कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मण्डल को२ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट उनी ढलेका हुन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार लडेका बेला चालक आफैंले सफारी चलाइरहेका थिए ।

एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।