सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज २०४ जनाका परीक्षण गर्दा थप २६ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार १ महिला र २५ पुरुषमा संक्रमण पुष्टी भएको छ ।
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर १ का ६ जना, वडा नम्बर २,४ का २/२ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३,१२ का एक/एक जना,र धनगढीको वडा नम्वर नखुलेका १ जनामा संक्रमण देखिएको छ ।
कैलालीको लम्कीचुहाका ४ जना, कैलालीको कैलारी गाउँपालिकाका र गोदावरीका एकएकजनामा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै कञ्चनपुरको बैलौरीका २ जना र लालझाडीका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Views: 214


















