२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको कार्यालय पाँच दिन बन्द

गुल्मी – गुल्मीको गुल्मीदरबार गाउँपालिकाले कार्यालय परिसरमा बस्ने एक जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने भएको छ । गाउँपालिकाको कार्यालयबाट दिईने अत्यवाश्यक बाहेकका अन्य सेवाहरु आजदेखी यही मंसिर ११ गते सम्मको लागी बन्द गरिने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिकाको कार्यालय परिसरमा बस्ने २० वर्षिया महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको हो ।

आज बसेको सिसिएमसीको बैठकले संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने अत्यवाश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । तर स्वास्थ्य शाखा, कृषि शाखा, पशु स्वास्थ्य शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, पुर्वाधार विकास शाखा, रोजगार शाखाहरुबाट प्रदान गरिने सेवाहरु यथावत रुपमा सुचारु भएकोे गाउँपालिकाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।