धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप २२ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका २२० नमुनाहरुमध्ये २२ जनामा संक्रमण पुष्टि भएको हो ।



अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका १९ सहित सुदूरपश्चिम प्रदेशका थप २२ जनामा कोरोना देखिएको हो । उनले धनगढी उपमहानगरपालिकाका १० जना, टीकापुर नगरपालिकाका तीनजना, जानकी गाउँपालिकाका तीनजना, जोशीपुर गाउँपालिकाका दुईजना र कैलारी गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको महाकाली नगरपालिका एकजना, बेल्डाँडी गाउँपालिकाका एकजना र बैतडीका एकजना गरी थप २२ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
Views: 189

























