कैलाली -प्रतिबन्धित नेकपाले लगायो कैलालिका प्रहरिबिट सहित बिभिन्न ठाउँमा ब्यापक पोस्टर
कैलालि, सरकारद्धारा प्रतिबन्धित नेत्रबिक्रम चन्द _बिप्लब , नेतृत्व नेपाल कम्युनिस्ट पार्टि जिल्ला संगठन कैलालिद्धारा प्रहरि बिट सहित बिभिन्न सार्वजनिक ठाउहरु पोस्टर तथा पम्प्लेटहरु ब्यापक रुपमा लगाइएको छ । ७ औ पार्टि पुनर्गठन को अबसरमा तोकिएका उत्सबका कार्यक्रम मध्ये शनिबार बिभिन्न सार्वजनिक ठाउँ मा प्रतिबन्धित समयमा पनि गोदावरी नगरपालिका वार्ड न ४ मा पर्ने अस्थायी प्रहरी बिटमा पम्प्लेट,पोस्टर टासिएको कैलालि नेकपाले जनाएको छ ।



प्रतिबन्धित नेकपाले ७ औं पार्टि पुनर्गठनको अवसर मा मंसिर ६ गते देखि ८ सम्म बिभिन्न कार्यक्रम तय गरेको थियो । यसै क्रममा शनिबार देश भर प्रचार प्रसार तथा अतिरित्त क्रियाकलाप गरी उत्सब मनाउँदै भव्यता का साथ कार्यक्रम सम्प न्न भएको कैलाली नेकापाले बताएको छ । यसै सिसिलामा आईतबार देशव्यापि प्रदर्शन तथा जन सभा र सोमबार ८ गते पार्टी पुनर्गठन को दिन देश भर उत्सब मनाउने बिद्रोही नेकपा ले केन्द्रिय कार्यक्रम तोकेको छ ।

























