२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कृष्णपुर -३ मा ट्याक्टर र मोटरसाइकल दुर्घटना : पत्नीकाे मृत्यु, बाबुछाेरी घाइते

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका -३ बैजनाथ मन्दिर नजिकै ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

वाणीदेखि देखतभुलीतर्फ गइरहेको से १ त ९५३३ नम्बरको ट्याक्टर र से १ प ६७६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा ३५ वर्षिया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी अमर बहादुर थापाक्षेत्रीले बताए ।

सवारी दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ५५ वर्षिय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वाणी बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीकी पत्नीको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।